ब्युटी पिजेन्टको आयोजक मनोज पाण्डेलाई काठमाडौं जिल्ला अदाललते मानव बेचबिखनको मुद्दामा ७ वर्ष जेल सजाय सुनाएको छ।
न्यायाधीश दीपक ढकालको इजलासले सात वर्ष कैद सजाय र पीडितलाई ७५ हजार क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको जिल्ला अदालत काठमाडौंलले जनाएको छ। ८ वर्ष अघि सौन्दर्यप्रतियोगिताकी सहभागी एक किशोरीलाई उनले बलात्कार गरेको आरोप लागेको थियो।
बाल यौन दुर्व्यवहारमा यसअघि पाण्डेलाई ६ महिना कैद सजाय तोकिएको थियो।