नेपालदेखि टर्कीसम्मः भूकम्पले निम्त्याएको विध्वंश (२०००–२०२३)

टर्की र सिरियामाका दुई शक्तिशाली भूकम्पका कारण कैयौँले ज्यान गुमाएका छन्।

सोमबार गएको ७.८ म्याग्निच्यूडको भूकम्पमा परी साढे तीन हजारभन्दा बढीको मृत्यु भएको छ। टर्की र सिरियाको ठूलो भूभागमा उद्धारकर्ताहरूले उद्धार कार्य जारी राखेका छन्। भूकम्पका कारण कैयौँ भवन भत्किएका छन्।

एजेन्सीकाे सहयाेगमा बिएल नेपाली सेवाले सन् २००० पछि गएका विश्वका सबैभन्दा विध्वंशकारी भूकम्पको सूची तयार पारेकाे छ–

२२ जुन, २०२२: अफगानिस्तानमा ६.१ म्याग्निच्यूडको भूकम्पमा परी १ हजार १०० भन्दा बढीको मृत्यु भएकाे थियाे।

१४ अगस्ट, २०२१: हाइटीमा ७.२ म्याग्निच्यूडको भूकम्पमा परी २ हजार २०० भन्दा बढीको मृत्यु भएको थियाे।

२८ सेप्टेम्बर, २०१८: इन्डोनेसियामा गएको ७.५ म्याग्निच्यूडको भूकम्पमा परी ४ हजार ३०० भन्दा बढीको मृत्यु भएको थियाे।

२४ अगस्ट, २०१६: इटालीको मध्य भागमा गएको ६.२ म्याग्नीच्यूडको भूकम्पमा परी ३ सयभन्दा बढीको मृत्यु भएको थियाे।

२५ अप्रिल, २०१५: नेपालमा ७.८ म्याग्निच्यूडको भूकम्पमा परी ८ हजार ८०० भन्दा बढीको मृत्यु भएको थियाे।

३ अगस्ट, २०१४: दक्षिणी चीनको युन्नान प्रान्तको वेनपिङ नजिकै गएको ६.२ म्याग्निच्यूडको भूकम्पमा परी ७ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको थियाे।

२४ सिप्टेम्बर, २०१३: पाकिस्तानमा ७.७ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प जाँदा ८ सय भन्दा बढीको मृत्यु भएको थियाे।

११ मार्च, २०११: जापानको उत्तरपूर्वी तटीय क्षेत्रमा गएको ९ म्याग्नीच्यूडको भूकम्पका कारण २० हजारभन्दा बढी मानिसको मृत्यु भएको थियाे।

२७ फेब्रुअरी, २०१०: चिलीमा ८.८ म्याग्नीच्यूडको भूकम्प जाँदा सुनामी आएको थियाे भने ५ सय २४ जनाको मृत्यु भएको थियाे।

१२ जनवरी, २०१०: हैटीमा ७ म्याग्निच्यूडको भूकम्पमा परी ३ लाख १६ हजार मानिसको मृत्यु भएको सरकारी अनुमान छ।

३० सेप्टेम्बर, २००९: इन्डोनेसियाको दक्षिणी सुमात्रामा गएको ७.५ म्याग्नीच्यूडको भूकम्पमा परी १ हजार १०० भन्दा बढीको मृत्यु भएको थियाे।

६ अप्रिल, २००९: ६.३ म्याग्नीच्यूडको भूकम्पमा परी इटालीको ला अक्विला आसपासका क्षेत्रमा ३ सय भन्दा बढी व्यक्तिको मृत्यु भएको छ।

१२ मे, २००८: चीनको पूर्वी सिचुवानमा गएको ७.९ म्याग्नीच्यूडको भूकम्पमा परी ८७ हजार ५०० भन्दा बढीको मृत्यु भएको थियाे।

१५ अगस्ट, २००7: पेरूको मध्य तटीय क्षेत्रमा गएको ८ म्याग्नीच्यूडको भूकम्पमा परी ५ सयभन्दा बढीको मृत्यु भएको थियाे।

२६ मे, २००६: इन्डोनेसियाको जाभा टापुमा गएको ६.३ म्याग्नीच्यूडको भूकम्पमा परी ५ हजार ७ सयभन्दा बढीको मृत्यु भएको थियाे।

८ अक्टूबर, २००५: पाकिस्तान प्रशासित काश्मिरमा गएको ७.६ म्याग्निच्यूडको भूकम्पमा परी ८० हजारभन्दा बढीको मृत्यु भएको थियाे।

२८ मार्च, २००५: इन्डोनेसियाको उत्तरी सुमात्रामा गएको ८.६ म्याग्नीच्यूडको भूकम्पमा परी १ हजार ३०० जनाको मृत्यु भएको थियाे।

२६ डिसेम्बर, २००४: इन्डोनेसियामा गएको ९.१ म्याग्नीच्यूडको भूकम्पका कारण हिन्द महासागरमा आएको सुनामीका कारण १ दर्जन देशमा २ लाख ३० हजार मानिसको मृत्यु भएको थियाे।

२६ डिसेम्बर, २००३: इरानको दक्षिणपूर्वी क्षेत्रमा ६.६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प जाँदा ५० हजारको मृत्यु भएको थियाे।

२१ मे, २००३: अल्जेरियामा ६.८ म्याग्निच्यूडको भूकम्पमा परी २ हजार २०० भन्दा बढीको मृत्यु भएको थियाे।

२५ मार्च, २००२: उत्तरी अफगानिस्तानमा गएको ६.१ म्याग्नीच्यूडको भूकम्पमा परी १ हजारभन्दा बढीको मृत्यु भएको थियाे।

२६ जनवरी, २००१: भारतको गुजरातमा गएको ७.७ म्याग्नीच्यूडको भूकम्पमा परी २० हजारकाे मृत्यु भएको थियाे।

प्रकाशित मिति: : 2023-02-07 06:30:00

प्रतिकृया दिनुहोस्