सुरक्षा पन्त अभिनीत फिल्म 'बुलाकी' को प्रदर्शन मिति परिवर्तन गरि वैशाख १ गतेदेखि प्रदर्शनमा आउने भएकाे छ।
यसअघि फागुन १९ गतेदेखि प्रदर्शन हुने भनिएको फिल्म वैशाख १ बाट प्रदर्शनमा ल्याउने गरि निर्माण टिमले फिल्मको दुई पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति घोषणा गरेको हो। सार्वजनिक पोस्टरमा सुरक्षा फरक पहिरनमा देखिएकी छन्।
उनले नाकमा बुलाकी लगाएकी छन्। लक्ष्मण सुनारको निर्देशन गरेको फिल्म ‘बुलाकी’ जारी प्रथामा आधारित छ। टोपेन्द्र विष्टले निर्माण गरेको फिल्ममा सुरक्षा पन्तसँगै नरेन खड्का, विराज विष्टले मुख्य भूमिका खेलेका छन् भने रमेश बुढाथोकी, प्रकाश कँडेल, कुलदीप अधिकारी, सुशिल पोखरेल, लक्ष्मी गिरी, सोनु सेढाई, सरस्वती खत्रीलगायत कलाकारको अभिनय रहेकाे छ। फिल्मलाई शिव ढकालले खिचेका हुन्।
फिल्मको कथा राजबहादुर सानेको रहेको छ भने पटकथा तथा संवादका लागि सानेसँगै निर्देशक सुनार, निर्मल पौडेल तथा विराज विष्टले सहकार्य गरेका हुन।