रुकुम पश्चिममा ‘मौराखारा गुरिल्ला म्याराथन’ हुँदै, देशभरबाट खेलाडी सहभागी हुन पाउने

बिएल संवाददाता

रूकुम पश्चिम

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा आगामी फागुन १ गते  ‘मौराखारा गुरिल्ला म्याराथन’ हुँदैछ। रानीभेरी गाउँपालिकाको आयोजना र राष्ट्रिय खेलकुद परिषद्को सहआयोजनामा तत्कालीन माओवादी गुरिल्लाहरूले सशस्त्र युद्धताका हिँडेको बाटोमा  पाँचौं संस्करण म्याराथन हुन थालेको हो।

म्याराथनका लागि सानीभेरी गाउँपालिकाको ८ लाख र राखेपको १५ लाख रुपैयाँ बजेट रहेको छ।   म्याराथनमा देशभरबाट जुनसुकै उम्मेर समूहका खेलाडीहरु सहभागी हुन पाउनेछन्।

खेलका लागि पुरुषलाई करिब ४८ किलोमिटर र महिलाका लागि करिब ३४ किलोमिटर दुुरी तोकिएको सानीभेरी गाउँपालिका अध्यक्ष बृखबहादुर विष्टले बताए। 

पुरूष म्याराथनतर्फ प्रथमलाई १ लाख, दोस्रोलाई ७५ हजार, तेस्रोलाई ४५ हजार, चौथोलाई १५ हजार र टप टेनभित्र पर्नेलाई ३ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ। 

यस्तै महिला म्याराथनतर्फ प्रथमलाई ६० हजार, दोस्रोलाई ४० हजार, तेस्रोलाई २० हजार, चौथोलाई १० हजार र टप टेनभित्र पर्नेलाई ३ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ।

प्रकाशित मिति: : 2023-02-08 12:35:00

प्रतिकृया दिनुहोस्