नेपाली राष्ट्रिय फुटबल टोलीका अट्याकर रितिक खड्गा बुधबार अष्ट्रेलिया उडेका छन्।
रितिकले हालसालै मात्र राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए। २१ वर्षीय रितिक थ्रीस्टार क्लबको सबैभन्दा उत्कृष्ट खेलाडीको रुपमा परिचित छन्।
उनी पनि अन्य खेलाडी जस्तै नेपालमा फुटबलको करिअर नदेखेपछि विदेशिएका हुन्। नेपालमा हालसम्म दुई दर्जन भन्दा बढी फुटबल खेलाडीले देश छाडेका छन्। यसअघि राष्ट्रिय टोलीका खेलाडी मिडफिल्डर विशाल राईले पनि देश छाडेका थिए।