राेजेकाे मन्त्रालय नपाएपछि केसीले दिइन मन्त्री पदबाट राजीनामा

फाइल तस्विर
फाइल तस्विर

लुम्बिनी प्रदेशकी विनाविभागीय मन्त्री कृष्णा केसी (नमुना)ले राेजेकाे मन्त्रालय नपाएकाे भन्दै मन्त्री पदबाट राजीनामा दिएकी छन्। मन्त्री केसीले शनिबार मुख्यमन्त्री लिला गिरीलाई राजीनामा बुझाएकी हुन्।

शुक्रबार मात्र सत्ता साझेदार दलहरूबीचकाे सहमतिअनुसार केसीलाई आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालय दिने सहमति भएकाे थियाे। तर, उनले भाैतिक पूर्वाधार विकास मन्त्रालय पाउनुपर्ने माग गरेकी थिइन।

उक्त मन्त्रालय माओवादी केन्द्रकै नेता इन्द्रजीत थारूलाई दिने गरी माओवादीले तयारी गरेकाे थियाे। आफूले पाउनुपर्ने मन्त्रालय नपाएकाे भन्दै पार्टीभित्र असन्तुष्टि जनाएर मन्त्री पदबाट केसीले राजीनामा दिएकाे माओवादीनिकट स्राेतले बतायाे।

लुम्बिनीमा आन्तरिक, भाैतिकसहित माओवालरदीले आर्थिक मामिला मन्त्रालय पाउने गरी सहमति भएकाे छ। आर्थिक मामिला मन्त्रालयकाे जिम्मेवारी माओवादी संसदीय दलका नेता जाेखबहादुर महालाई दिइदैछ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आइतबार मन्तालय विस्तारकाे तयारी गरेका छन्।

१० सदस्यीय मन्त्रीमण्डलमा मुख्यमन्त्रीसहित एमालले ४ मन्त्रालय राखेको छ। ३ मन्त्रालय माओवादी केन्द्रले र जनमत पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एक-एक मन्त्रालय पाउने गरी सहमति भएको एमाले नेता तथा प्रदेशसभा सदस्य भूमिश्वर ढकालले बताए।

– अपडेट

प्रकाशित मिति: : 2023-02-11 14:05:00

प्रतिकृया दिनुहोस्