प्रतिनिधिसभा बैठक बिहीबारसम्म स्थगित

Break n Links
Break n Links

प्रतिनिधिसभा बैठक बिहीबारका लागि स्थगित भएको छ।

प्रतिपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभाको आजको बैठक पनि स्थगित भएकाे हाे। 

सभामुख देवराज घिमिरेले आजको बैठक सुरु भएको जानकारी गराएलगत्तै प्रतिपक्षी दलहरू आआफ्नो स्थानबाट उठेर संसद अवरुद्ध गरेका थिए। त्यसपछि सभामुख घिमिरेले बैठक स्थगित गरेका हुन् ।

विपक्षी नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्न समिति गठन हुनुपर्ने भन्दै जेठ १३ गतेदेखि सदनमा अवरोध गरिरहेका छन्।

प्रकाशित मिति: : 2025-06-11 16:12:00

प्रतिकृया दिनुहोस्