नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन पूरा गरेका छन्।
आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नामिबियासँगको खेलमा ५५ रन बनाउँदै रोहितले १ हजार रन पूरा गरेसँगै उनी १ हजार रन पूरा गर्ने पहिलो नेपाली क्रिकेटर बनेका छन्।
रोहितले सन् २०१८ मा नेदरल्यान्ड्सबिरुद्धको दोश्रो खेलबाट नेपालको लागि ओडिआईमा डेब्यू गरेका थिए। ३३ खेल खेलेमा उनले १ हजार रन बनाउन सफल भएका रोहितले १ शतकसहित ६ वटा अर्धशतक बनाएका छन्।