नेपाल ओलम्पिक कमिटीकाे आयोजनमा शुक्रबार ‘एसियन गेम्स फन रन’ प्रतियाेगिता हुँदैछ।
प्रतियोगिता एसियन कार्यक्रमको ओलम्पिक काउन्सिलको एक भाग हो। आगामी सेप्टेम्बर २३ देखि चीनले एसियन गेम्सको आयोजना गर्न लागेको छ। यसअघि नेपाली ओलम्पिक कमिटीले सन २०१८ मा पनि फन रनको आयोजना गरेको थियो।
उक्त दौड प्रतियोगिता शुक्रबार बिहान ७ बजे पाटन दरबार स्क्वारबाट सुरु भएर ग बहाल, पुल्चोक, कृष्णा गल्ली, पाटन ढोका, अशोक हल र भिभसेनथान हुँदै पाटन दरबारमै आएर टुङ्गिनेछ।
चीनमा हुने एसियन गेम्समा सहभागी रहेका राष्ट्रले फन रनको आयोजना गरिसकेको छन्। यस प्रतियोगितमा ६ सयभन्दा बढी व्यक्तिले भाग लिने कमिटीले जनाएको छ। जहाँ, स्कुलका विद्यार्थी, पत्रकार र खेलकुदमा आबद्ध रहेका व्यक्तिहरुको सहभागगिता रहेनछ।