हलिउड नायिका तथा ‘सेक्स सिम्बल’ राक्वेल वेल्चको निधन

Photo: Agency
Photo: Agency

हलिउड सिनेमाकी नायिका तथा ‘सेक्स सिम्बल’ राक्वेल वेल्चको १५ फ्रब्रुअरी (बुधबार) निधन भएको छ।

उनका म्यानेजर स्टिब साउएर र छोरा डेमन वेल्चले गरेका उनकाे निधनकाे पुष्टि गरेका छन्। उनी लामो समयदेखि अस्वस्थ थिइन्।

५ सेप्टेम्बर १९४० को दिन सिकागोको इलिनोएसमा जन्मेकी नायिका वेल्चले ६० को दशकमा सिनेमामा अभिनय गर्न सुरु गरेकी थिइन्। आफ्नो पहिलो सिनेमा ‘वान मिलियन एअर्स बि सी (सन् १९६६)मा उनको बिकनीसहितको तस्बिर त्यो समय सर्बाधिक बिक्री भएको पोस्टर थियो।

४० वर्षमा करिब ३५ सिनेमामा अभिनय गरेकी नायिका वेल्चद्वारा अभिनित अन्य सिनेमाहरुमा फ़्याण्टेस्टिक ब्वाइज (१९६६), १०० राइफल्स (१९६९), द एनिमल (१९७७) आदि छन्।

प्रकाशित मिति: : 2023-02-16 18:36:00

प्रतिकृया दिनुहोस्