राष्ट्रपतिबाट सजाय मिनाहा भएका सांसद चौधरी रिहा

फाइल तस्विर
फाइल तस्विर

नागरिक उन्मुक्ति पार्टीका निलम्बित प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरी  रिहा भएका छन्। कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित चौधरी कैलाली कारागारबाट रिहा भएका हुन्।

कारागारबाट निस्किएपछि नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठसहित नेता/कार्यकर्ताले उनलाई फूलमाला लगाएर स्वागत गरेका थिए।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३९५ जना कैदीको सजाय माफी गरेकी थिइन, जसअनुसार उनी रिहा भएका हुन्।

थरुहट आन्दोलनताका क्रममा २०६६ भदौ ३ मा ट्याक्टर जलाएको घटनामा २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीन जनाविरुद्ध जनही ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो। ६ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई माघ २० गते प्रहरीले पक्राउ गरेको थियो।

प्रकाशित मिति: : 2023-02-19 11:26:00

प्रतिकृया दिनुहोस्