स्थायी नियुक्ति पाइन् तर दृष्टिविहीन भनेर हाजिरी गर्नै दिइएन

सेतोपाटी

राजेश घिमिरे

करिब डेढ दशक शिक्षण पेशामा बिताइसकेपछि स्थायी शिक्षकमा नाम निकाल्दा संगीता पराजुलीको खुसीको सीमा थिएन।

भरतपुर र हेटौंडामा दिएको शिक्षक सेवा आयोगको परीक्षामा उत्तीर्ण भएसँगै उनका लागि निम्नमाध्यामिक तहको स्थायी शिक्षक बन्ने ढोका खुलेको थियो।  

२०६५ सालदेखि भरतपुर महानगरपालिका–२७ मेघौलीस्थित जानकी माविमा राहत दरबन्दीमा प्राथमिक तहका विद्यार्थीलाई पढाउँदै आएकी पूर्ण दृष्टिविहीन महिला हुन् संगीता पराजुली। एक तह माथिको दरबन्दीमा स्थायी हुनु उनका लागि ठूलो उपलब्धी थियो।

संगीताले स्थायीमा नाम निकाल्नेमध्ये अपाङ्गता भएका महिलाहरूले सुरुआतमा आफूले पढाउने विद्यालय रोज्न पाउने व्यवस्थाबारे सुनेकी थिइन्।

प्रकाशित मिति: : 2023-02-23 15:09:00

प्रतिकृया दिनुहोस्