क्यान्सर जितेर दौडिन बेलायतदेखि पोखरा आएकी मञ्जु गुरूङ

सेतोपाटी

युवराज श्रेष्ठ

रोग लाग्दा पनि मान्छेले भगवानलाई धन्यवाद दिन्छ र? त्यो पनि उपचार गर्न असाध्य र अति महँगो मानिने रोगमा!

हो दिन्छन्।  

राष्ट्रिय महिला भलिबल टिमकी पूर्वखेलाडी मञ्जु गुरुङ पनि क्यान्सर लागेकोमा धन्य छिन्। उनलाई स्तन क्यान्सर भयो। उपचार भयो। उपचारपछिको जीवनको अनुभवमा उनी धन्य भएकी हुन्।

भन्छिन्, ‘मलाई स्तन क्यान्सर भएकोमा भगवानलाई धन्यवाद भन्छु। आफ्नो जीवन राम्रोसँग चिनोस् भनेर ढोका ढक्ढक्याएको जस्तो लागेको छ।’

क्यान्सर हुनुअघि उनीसँग आफ्नो लागि समय थिएन। खानपिन र आरामको नियमित तालिका थिएन। ‘क्यान्सर हुनुअघि भद्रगोल थियो मेरो जीवन। अहिले पछाडि फर्केर हेर्दा कस्तो जीवन बिताएछु जस्तो लाग्छ,’ उनले भनिन्।

प्रकाशित मिति: : 2023-02-27 11:59:00

प्रतिकृया दिनुहोस्