छोरी गुमाइसक्यौँ, अब क्षतिपूर्ति होइन न्याय माग्दैछौँ

बाह्रखरी

अस्मिता रिजाल

काठमाडौंको नक्सालस्थित हिमाल अस्पताल अगाडि पाँच दिनदेखि लगातार एउटा समूह आन्दोलनमा छ । उनीहरूले दिनहुँ नाराबाजी गरिरहेका छन् । प्ले कार्डमा लेखिएको छ– प्रशंसालाई न्याय दे, दोषीलाई कारबाही गर ।

सडकको एक छेउमा बालिकाको फोटोसहितको ब्यानर राखिएको छ । आन्दोलनमा सहभागीसँगै ब्यानरको अगाडि एक महिला टोलाएर बसेकी छन् । एकोहोरो ब्यानरको फोटोमा हेरिरहेकी छन् । कसैसँग बोल्दिनन् । बेलाबेला आँखाबाट आँशु बगाउँछिन् । उनको सञ्चार यतिमै सीमित छ ।

भिडबाट फेरि 'प्रशंसालाई न्याय दे, हिमाल अस्पताल मुर्दावाद'जस्ता नारा लाग्छन् । 

प्रकाशित मिति: : 2023-02-28 10:55:00

प्रतिकृया दिनुहोस्