कुप्रथाविरुद्ध उभिएकी खैरुन निशा

सेतोपाटी

दिपकजंग शाही

उनले पाँच कक्षाभन्दा माथि पढ्न पाइनन्। त्यति पढ्न पनि घरमा विद्रोह नै गर्नु पयो।

घर नजिकको स्कुलमा पाँच कक्षासम्म मात्रै पढाइ हुन्थ्यो। थप पढाइका लागि अलिक टाढाको अर्को स्कुल जानु पथ्र्यो। त्यो अवसर उनलाई जुरेन।

त्यो समय छोरीलाई पढ्न पठाउने चलन नै थिएन। बाबाले भाइ र बहिनीलाई विद्यालय पठाए। भाइबहिनी पढ्न जाने तर आफू पढ्न नपाउने कुराले उनको मनमा विद्रोह जाग्यो।

‘बाबाआमाले भाइबहिनीलाई पढ्न पठाउनु भयो। मलाई घरमै गोठालो बनाएर राखियो। यस्तो भएपछि मलाई पिर प¥यो,’ उनले भनिन्, ‘एकै घरका सन्तान कोही शिक्षा लिने, कोही गोठालो हुने, म पनि पढ्न जान्छु भनेँ।’

प्रकाशित मिति: : 2023-02-28 11:11:00

प्रतिकृया दिनुहोस्