रतुवामाईमा भोलिबाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

मोरङको रतुवामाई नगरपालिकामा नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ।

रतुवामाई नगरपालिकाको आयोजना र सरस्वती माध्यमिक विद्यालय रतुवामाई ६ कादुपाडाको व्यवस्थापनमा फागुन १७ देखि १९ गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको हो।

तीन दिन सम्म चल्ने प्रतियोगिताका सबै खेलहरु सरस्वती मावि कादुपाडाको खेल मैदानमा हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा भलिबल (छात्र/छात्रा), कबड्डी (छात्र/छात्रा), एथ्लेटिक्स (दौड (ट्रयाक) तर्फ छात्रः १०० मि. ,२०० मि. , ४००मि. , ८००मि. ,१५०० मि. , ३००० मि. ,४X१००मि. रिले, ४X४०० मि. रिले, छात्राः १०० मि. ,२०० मि. , ४००मि. , ८००मि. ,१५०० मि. , ३००० मि. ,४X१००मि. रिले, ४X४०० मि. रिले), हाइजम्प, लङजम्प, त्रिपल जम्प, ज्याभलिङ थ्रो हुने व्यवस्थापक विद्यालयका शिक्षक दिनेश कुमार बिष्टले जानकारी दिए।

प्रतियोगितामा रतुवामाईभित्र रहेका मावि तहका सामुदायिक तथा संस्थागत विद्यालयहरुको सहभागिता रहने पनि शिक्षक बिष्टको भनाइ छ।
 

प्रकाशित मिति: : 2023-02-28 20:59:00

प्रतिकृया दिनुहोस्