केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप उपाधिका लागि आज सातदोबाटो र मछिन्द्र भिड्दै छन्।
नेकपा एमाले निकट युवा सघंको आयोजनामा सुरु भएको उक्त प्रतियोगितामा ८ टोलीले प्रतिस्पर्धा गरेका थिए। ८ टोली रहेको उक्त प्रतियोगिता एन्फा कम्प्लेक्समा हुँदै आइरहेको थियो भने आज हुने अन्तिम खेल दशरथ रंगशालामा हुँदैछ।
उक्त कपको विजेता टोलीले १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने छन् भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख नगद, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदयीमान खेलाडीले ५० हजार नगद पाउने आयोजकले जनाएको छ।