एयरपाेर्ट पुगे सन्दीप, तीन बजे उड्दै

नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान सन्दीप लामिछाने दुबईमा जारी एकदिवसीय त्रिकोणमात्क सिरिज खेल्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका छन्। 

सर्वोच्च अदालतले सोमबार लामिछानेलाई विदेश जान अनुमति दिएपछि बिहीबार युएईमा हुने खेलमा सहभागी हुन उनी त्यहाँ जान लागेका हुन्। उनी ३ बजे दुबई उड्दै छन्।

उच्च अदालत पाटनले गत पुस २८ गते तथ्य र प्रमाणका प्रतिवादीलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने नदेखिएको उल्लेख गर्दै रु २० लाख धरौटी माग थुनामुक्त गर्ने आदेश गरेको थियो।

प्रकाशित मिति: : 2023-03-01 13:37:00

प्रतिकृया दिनुहोस्