किन आवश्यक छ स्ववियु ?

शिलापत्र

तिलक पुलामी मगर

करिब १४ वर्षपछि त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरूमा नयाँ उमङ्ग छाएको छ । विद्यार्थी राजनीतिले नयाँ बाटो समाउँदै छ । लामो समयदेखि निष्क्रिय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) पुनः सक्रियताका साथ स्थापित हुने संकेत देखिएकाे छ । अहिलेका लागि याे सबैभन्दा सकारात्मक पाटो हो ।

शुक्रबार देशभरका क्याम्पसमा विद्यार्थी संघठन औपचारिक रूपमा दर्ता भएपछि क्याम्पसको माहौल पनि थप तातेकाे छ । चुनावी रौनक छाएको छ । तर, हामी विद्यार्थी राजनीति गरिरहेकाहरूले भुल्न नहुने अर्को पाटो पनि छ- त्यो हो, स्ववियु र सिङ्गो विद्यार्थी संगठनमाथि उठिरहेको औचित्यको प्रश्न ।  

यसरी जतिजति विद्यार्थी संगठन वा स्ववियुमाथि प्रश्न उठ्दै जान्छ, उति नै हाम्रा लागि चुनौती थपिँदै जान्छ ।  तसर्थः समयमै सचेत भएर हामीले यस्ता प्रश्नको जवाफ दिन आवश्यक छ । बोलीले हाेइन, कामले स्ववियुको औचित्य पुष्टि गर्न आवश्यक छ ।

प्रकाशित मिति: : 2023-03-05 17:09:00

प्रतिकृया दिनुहोस्