बर्दियामा महिलाको हत्या गरेकाे अरोपमा एक जना पक्राउ

बर्दियामा महिलाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ठाकुरबाबा नगरपालिका– ४ का ४५ वर्षीय जन्जीरे थारु रहेका छन्।

ठाकुरबाबा नगरपालिका– ५ गोविन्दपुर बस्ने ४२ वर्षीया सोनचिरियाको हत्या गरेको अरोपमा जन्जीरेलाई प्रहरीले आइतबार पक्राउ गरेको हो। सोनचिरिया फागनु ११ गते अस्पताल जानेभनेर निस्किएकी थिइन।

तर, उनी सोही दिन घर फर्किएकी थिइनन्। सोनचरिया घरबाट निस्किएको ७ दिनपछि फागुन १७ गते ठाकुरबाबा नगरपालिका– १ भुरिगाउँ बजारमा रहेको नेपाल टेलिकमको कार्यालय नजिकै मृत भेटिएकी थिइन।

प्रहरीले अनुसन्धान गर्दै जाँदा मृतक सोनचरिया र पक्राउ परेका जन्जीरेबीच १६ गतेसम्म फोनमा कुराकानी गरेको भेटाएको थियो। त्यस्तै सोनचरियाको चप्पल जन्जीरे बस्ने घर नजिकै भेटिएकाले उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हिक्मतबहादुर बोहराले जानकारी दिए।

जन्जीरे भुरिगाउँमा डेर गरेर बस्दै आएका थिए। उनलाई अदालतबाट ७ दिनको म्याद थप गरी अहिले अनुसन्धान भइरहेको सूचना अधिकारी बोहराले बताए।

प्रकाशित मिति: : 2023-03-06 19:20:00

प्रतिकृया दिनुहोस्