किमाथांका अरूण जलविद्युत आयोजनामा लगानी मोडलको लागेन टुंगो

निर्माण सामग्री पुर्‍याउन नसक्दा परीक्षण सुरूङको काम पनि ठप्प

सेतोपाटी

निर्मला घिमिरे

किमाथांका जलविद्युत आयोजनाको निर्माण मोडल अझै टुंगो लाग्न सकेको छैन।

जनताको जलविद्युत कार्यक्रम अन्तर्गतअगाडि बढाइएको ४५४ मेगावाट क्षमताको यो आयोजनाका लागि करिब ९३ अर्ब रूपैयाँ लागत अनुमान छ। यसमा कुल लगानीमध्ये ३० प्रतिशत जनताको लगानी रहन्छ। बाँकी कुन लगानी मोडलमा आयोजना अगाडि बढाउने भन्ने विषयमा छलफल चलिरहेको विद्युत उत्पादन कम्पनीका म्यानेजिङ डाइरेक्टर सूर्यप्रसाद रिजालले जानकारी दिए।

'निर्माणमा जान भरपर्दो लगानीको स्रोत जुटिसकेको छैन। विभिन्न निकायसँग छलफलकै चरणमा छौं,' उनले सेतोपाटीसँग भने।

प्रकाशित मिति: : 2023-03-09 06:18:00

प्रतिकृया दिनुहोस्