'ए डिभिजन लिग': आर्मीसँग मछिन्द्र पराजित, जावलाखेले एनआरटीलाई हरायो

photo : anfa
photo : anfa

'सहिद स्मारक ए डिभिजन लिग' अन्तर्गत  साविक विजेता मछिन्द्र फुटबल क्लब त्रिभुवन आर्मी क्लबसँग पराजित भएको छ। 

बिहिबार च्यासल मैदानमा भएको खेलमा आर्मी क्लबले मछिन्द्रलाई २-० ले पराजय गरेको हो। आर्मी क्लबका लागि दिपक गुरुङ र नवयुग श्रेष्ठले एक एक गोल गरे। यो खेलसँगै मछिन्द्रले दोस्रो हार व्यहोरेको छ।

यता, आजै भएको अर्का खेलमा  जावलाखेल युथ क्लबले न्युरोड टिम एनआरटीलाई २-१ गोल अन्तरले पराजय गरेको छ। एन्फा कम्प्लेक्समा भएको उक्त खेलमा जावलाखेलले लगातार दोस्रो जित निकालेको छ। जावलाखेलका लागि  सिमान्त र फोफानाले गोल गरे।

प्रकाशित मिति: : 2023-03-09 17:06:00

प्रतिकृया दिनुहोस्