काठमाडौँमा जारी 'सहिद स्मारक ए डिभिजन लिग' अन्तर्गत शनिबार भएको खेलमा नेपाल एपीएफ क्लब र जावालखेल युथ क्लबबीचको खेल बराबरीमा रोकिएको छ।
शनिबार दशरथ रगंशलामा भएको खेल बराबरीमा रोकिएको हो। खेलेको ६९औँ मिनेटमा एपिएफका एडमा डोम्बियालाई पहेँलो कार्ड देखाएको थियो तर, उनले रेफ्रीले गरेको निर्णयलाई नमाने पछि उनलाई रातो कार्ड देखाएर मैदान बाहिर पठाइएको थियो।
एपिएफ १० खेलाडी समेटदै प्रतिस्पर्धामा उत्रियो। उता, जावालखेल भने यसको फाइदा उठाउन असफल भयो।
त्यस्तै, आज हुने तेस्रो खेल ५:३० बजे दशरथ रगंशलामा मा फ्रेन्डस क्लब र सातोबाटो क्लबबीच हुनेछ।