मोर्डनयरा र इडनबर्ग कलेज विराटनगरमा जारी जिल्लास्तरीय अन्तरकलेज भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।
शनिबार पुष्पलालचौकको खेल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा विराट मल्टिपल कलेजलाई ३–० को सोझो सेटमा पराजित गर्दै युनिभ मोर्डनयरा कलेज फाइनलमा प्रवेश गरेको हो। मोर्डनयराले २५–११, २५–९ र २५–८ को सेटमा विराटलाई पराजित गरेको थियो। यस्तै आजै भएको दोस्रो सेमिफाइनलमा सोम्स कलेजमाथि ३–० को जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ।
इडनबर्गले सोम्सलाई २५–२०, २५–१९ र २५–२२ को सेटमा पराजित गरेको हो। त्यसअघि भएको दोस्रो क्वाटरफाइन खेलमा सास्तम कलेजलाई २–० को सेटमा पराजित गर्दै सोम्स कलेज सेमिफाइनलमा प्रवेश गरेको थियो। प्रतियोगिताको फाइनल खेल भोलि बिहान हुने खेल संयोजक नवराज नेपालले जानकारी दिए।
मदन भण्डारी स्पोटर्स एकेडेमी विराटनगर महानगर कमिटीको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको विजेता टिमले नगद ३१ हजार र उपविजेताले २१ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने नेपालले जानकारी दिए। उनका अनुसार विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिनेछ।