'ए डिभिजन लिग': एनआरटी र आर्मी बराबरीमा रोकिए

'सहिद स्मारक ए डिभिजन लिग' अन्तर्गत न्युरोड टिम एनआरटी र त्रिभुवन आर्मी क्लबबीच खेल बराबरीमा रोकिएको छ।

आईतबार च्यासल फुटबल मैदानमा भएको खेल ३:३ को बराबरीमा रोकिएको हो। आर्मीका लागि खेलको १५ औँ मिनेटमा नवयुग श्रेष्ठलले  पेनाल्टीबाट गोल गरेर आर्मीलाई अग्रता दिलाए। त्यस्तै, आर्मीका लागि  सुदिल राई र  दिनेश हेन्जनले  गोल गरेका थिए।

उता,एनआरटीका लागि लालनुनजामा दुई गोल गरे भने, जिन एन्सर एमबोउमिले पेनाल्टीबाट गोल गरे। दुई टोलीबीच निकै रोमान्चक बनेको खेल ३- ३ को बराबरीमा रोकियो।

त्यस्तै,आज एन्फा कम्लेप्क्समा भएको अर्का खेलमा पनि  मनाङ मर्स्याङदी क्लब र मछिन्द्र फुटबल क्लबले अकं बाडेका छन। एन्फा कम्प्लेक्सका भएको उक्त खेल गोलरहित बराबरी सकिएको हो।

साविक विजेता मछिन्द्रले भने पहिलो अंक जोडेको छ। मछिन्द्रले ३ खेलमा १ अंक जोडेको छ।

प्रकाशित मिति: : 2023-03-12 17:02:00

प्रतिकृया दिनुहोस्