ए डिभिजन लिगमा आज तीन खेल हुँदै

फाइल तस्बिर
फाइल तस्बिर

'सहिद स्मारक ए डिभिजन लिग' अन्तर्गत  आज तीन खेलहरु हुँदैछन्। 

सोमबार च्यासल फुटबल मैदान, एन्फा कम्लप्लेक्स, र दशरथ रगंशालमा खेल हुँदैछ। च्यासल फुटबल मैदानमा दिउँसो २: ३० हिमालयन र्शपा क्लब र खुमलाटार क्लबबीच खेल हुँदै छ भने, सोही समयमा नै अर्का खेल एन्फा कम्लप्केसमा चर्च ब्वाइज युनाइटेड र संकटा क्लब भिड्दैछन्। 

यता, आजको तेस्रो खेल बेलुका ५: ३० बजे दशरथ रगंशालमा थ्री स्टार क्लब र सातदाेबाटो युथ क्लब खेल्दै छन्। शनिबार आफ्नो पहिलो जित निकालेको संकटा क्लबले आज आफनो दोस्रो जितको लक्ष्यमा छ। जितसँगै संकटाले ३ खेलमा ४ अंक जोडेको छ। 

त्यस्तै, यस लिगको शीर्ष स्थानमा रहेको चर्च ब्वाइज युनाइटेड भने, संकटालाई पराजय गर्न लक्ष्यका साथ मैदानमा उत्रिदैँछ। हालसम्म चर्च ब्वाइजले ३ खेलमा ९ अंक जोडेको छ। यता, हिमालयन र्शपा क्लब भने, २ खेलमा ४ अंक जोडेको छ। त्यस्तै खुमलाटार भने, खुमलटारले ३ खेलमा ३ अंक जोडेको छ।

त्यस्तै, थ्री स्टार क्लब भने, आज आफनो दोस्रो जितको खोजीमा छ। पहिलो जितसँगै थ्री स्टार ३ खेलमा ४ अंक जोडेको छ। यता, सातदाेबाटो क्लबले शनिबार भएको खेल बराबरी गरेको थियो।

प्रकाशित मिति: : 2023-03-13 07:45:00

प्रतिकृया दिनुहोस्