पुरुषतर्फ सोलुखुम्बुका अर्जुन राई र महिलातर्फ सिन्धुपाल्चोककी नितु तामाङले जितिन् रेस
भोजपुरमा ‘५ औं मुन्दुम ट्रेल रेस’ भव्यताको साथ सम्पन्न भएको छ।
पुरुषतर्फ सोलुखुम्बुका अर्जुन राई र महिला तर्फ सिन्धुपाल्चोककी नितु तामाङले रेस जितेकी छन्।
नेपाल सरकारको उत्कृष्ट १०० गन्तव्य मुन्दुम ट्रेललाई विदेशी र स्वदेशी पर्यटकमाझ प्रवर्द्धन गर्नलाई ट्रेल रेस आयोजना गरिएकोरिमाचुङ एजुकेसन एण्ड स्पोर्टस एकेडेमीका अध्यक्ष पाविहाङ राईले बताए।
पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले भोजपुरमा ५५ किलोमिटर दूरीको मुन्धुम ट्रेल दौड गरिएको रिमाचुङ पूर्वी नेपालमा अवस्थित मुन्दुम ट्रेललाई प्रवर्दन गर्ने उद्देश्यले वर्षेनी ट्रेल रेस आयोजना गरिदैँ आएको भोजपुर मुन्धुम पदमार्गको प्रवद्र्धन गर्न टेम्केमैयुङ गाउँपालिकाले बजेट विनियोजन गरेसँगै पदमार्गको प्रवद्र्धनमा विशेष जोड दिएको छ।
पुरुष् तर्फको ट्रेल रेस विजेतालाई नगद ३५ हजार रूपैयाँ, दोस्रोलाई २५ हजार रूपैयाँ, तेस्रोलाई १५ हजार, चौथोलाई ५ हजार र पाँचौलाई ५ हजार रूपैयाँ पुरस्कार राशि र प्रमाणपत्र दिएको छ भने महिला बिजेतालाई पनि पुरुष सम्मान पुरस्कार प्रदान गरिएको थियो।
यस वर्षको रेसमा १६ देखि ४० र ४० वर्ष माथिका दुईटा इभेन्ट राखिएको थियो जसलाई ४० वर्षमाथिको पहिलो विजेतालाई १० हजार, दोस्रोलाई ८ हजार तेस्रोलाई र ५ हजार नगद पुरस्कार दिइयो।
५५ किमी लामो दुरी रहेको दौड भोजपुरको बागखोर (२६२२ मि) बाट सुरू भएर चप्लेटी, ओख्लीढुङ्गा, एकराते, मैयुङ, नागीखर्क, जलजले, धोद्रे, चखेवा,३१०० मिटरको टेम्के डाँडा हुँदै खोटाङको तावाभञ्ज्याङ (१८०० मिटर) मा पुगेर टुंगिएको थियो।
ट्रेल रेसमा पूर्वका इलाम, पाँचथरदेखि पश्चिम जाजरकोटसम्मका १३ जिल्लाका १६ वर्ष देखि ७५ वर्षसम्मका धावकहरु सहभागी भएका थिए।
मुन्दुम ट्रेल पदमार्ग प्रवर्द्धनका लागि भोजपुरमा दौड प्रतियोगिता वर्षेनि आयोजना गर्दै आएको स्पोर्टस एकेडेमीका पविहाङ राईले बताए।
केही वर्षअघि कन्सेप्ट नेपालको टेक्निकल सहयोगमा ‘मैयुङ-टेम्के-साल्पा -सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रले पूर्वमा पहिचान गरेको मुन्दुम पदमार्ग सुरू गरिएको थियो। पदमार्गको प्रवर्द्धन नेपाल पर्यटन वोर्डले गरेको थियो भने टेम्के मैयुङ गाउँपालिकाको सहयोग रहेको थियो।
पदमार्गको पूर्वाधार विकासमा प्रदेश सरकार र स्वीस सरकारको विकास सहयोग एजेन्सीले गरेका हुन्।
पदमार्गमा किराती जीवनशैली, दूधकुण्ड (नुम्बुर) देखि सगरमाथा, मकालु, कुम्भकर्णहुँदै कञ्चनजंघालगायत हिमालको लामो लर्कन देखिन्छ।
मुन्दुम ट्रेल रेसलाई रिमाचुङ एजुकेसन एण्ड स्पोर्टस एकेडेमीको आयोजनामा भोजपुरले प्रतियोगिता आयोजनामा टेम्के मैयुङ गाउँपालिकाको सहयोग रहेको थियो।
त्यस्तै ट्रेल रेस अन्तर्गत पर्ने भोजपुरका षडानन्द नगरपालिका, साकेला गाउँपालिका, साल्पासिलिछो गाउँपालिका, भोजपुर नगरपालिका लगायत खोटाङको केपिलासगढी गाउँपालिकाको समेत सहयोग गरेको थियो ।
पुरुषतर्फका नतिजा
१ अर्जुन राई || ४:३५:५६ || सोलुखुम्बु
२.उमेश राई ||४:३८:१० || अमचोक गाउँपालिका भोजपुर
३.अशोक ब्रम || ४:४८:६ || गोरखा
४. सरोज लिम्बु || ४:५१:४० || टेराथम
५.वीरेन्द्र पाण्डे || ४:५६:१४ || कालिकोट
महिला तर्फ
1. नितु तामाङ || ६:२२:१० || सिन्धुपाल्चोक
२ जुलिन राई || ६:२६:५६ || रामप्रसाद गाउँपालिका भोजपुर
३.सुनकला राई || ६:५१:२८ || सङ्खसभा
4. सजना राई || ६:५४:४६ || रामप्रसाद रुरा नगरपालिका भोजपुर
५.रोश्मा राई || ७:२०:३४ || रामप्रसाद गाउँपालिका
भेटेरन्स पुरुषतर्फ
१ दुर्गाधन राई || ५:५०:३१ || केपिलासगढी खोटाङ
२.टेक बहादुर थापा || ६:२५:२३ || धनकुटा
३.धन कुमार राई || ६:४०:३६ || उरालाबारी
महिलातर्फ
१.जमुना लिम्बु || १०:३:१५ || धरान