युएईविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने झा र शेखलाई मधेस प्रदेशले २-२ लाख दिने

मधेस प्रदेश सरकारले नेपाली राष्ट्रिय टोलीका खेलाडीद्वय गुल्सन झा र आरिफ शेखलाई जनही रु. २ लाख पुरस्कार दिने भएको छ।

आइसिसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गत बिहीबार युनाइटेड अरब इमिरेट्स (युएई)लाई पराजित गर्दै नेपाल विश्वकप छनोटमा प्रवेश गरेकामा खुसी व्यक्त गर्दै मधेश प्रदेशले टोलीका महत्वपूर्ण खेलाडीद्वय झा र शेखलाई पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो।

दुवैजना मधेशबाट प्रतिनिधित्व गर्ने खेलाडी रहेको उल्लेख गर्दै प्रदेश सरकारले जनही रु. २ लाख प्रोत्साहन स्वरुप दिने निर्णय गरेको जनाएको छ।

नेपालले सानदार जित हासिल गरेकामा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली टोलीलाई बधाई ज्ञापन गर्दै मधेस प्रदेसका दुवै खेलाडीलाई नगद प्रदान गर्ने घोषणा गरेका छन्।

प्रकाशित मिति: : 2023-03-17 07:06:00

प्रतिकृया दिनुहोस्