धमाधम पुरिँदैछ फेवातालको सिमसार, जोगाउने कुनै सरकार छैन

सेतोपाटी

युवराज श्रेष्ठ

यसपालिको हिउँदमा पानी नपर्दा पनि फेवातालको सिमसार सुकेन। तालमाथि पामेसाइडका सिमसार क्षेत्रमा अहिले पानी बहिरहेको छ। दलदले जमिनमा पानी तैरिरहेको छ।

लामो सुख्खा लाग्दा पनि पानी नसुकेको सिमसारको जमिनमा ढुंगा माटो राखेर पुर्ने अभियान चलाएका छन्।

कोभिड-१९ महामारी रोक्न भएको लकडाउनको मौकामा तीव्र गतिमा सिमसार पुरिएको थियो। व्यवसायिक संरचना बनाउन त्यतिबेला सिमसार पानीको वहावै रोकेर पुरियो। बाँध मर्मत गर्न भनेर फेवातालको पानी सुकाएका बेला पुरिएको ठाउँमा र सिमसारमा निजी बाटो बनाउन लगाइएको डोजर अहिले तीव्र गतिमा चलेको छ।

प्रकाशित मिति: : 2023-03-20 11:06:00

प्रतिकृया दिनुहोस्