मार्क उडले ५ विकेट लिएपछि आईपीएलमा लखनउको विजयी सुरुआत

File Photo
File Photo

लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा विजयी सुरुआत गरेको छ। शनिबार राति घरेलु मैदानमा भएको खेलमा लखनउले दिल्ली क्यापिटल्सलाई ५० रनले पराजित गरेको हो।

लखनउले दिएको १९४ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १४३ रन मात्र बनायो। दिल्लीका लागि कप्तान डेविड वार्नरले ४८ बलमा ७ चौका प्रहार गर्दै सर्वाधिक ५६ रन बनाए भने राईली रुसोले ३० रन जोडे।

लखनउका लागि मार्क उडले ४ ओभरमा १४ रन खर्चेर सर्वाधिक पाँच विकेट लिए। आभेष खान र रवि बिष्नोइले समान दुई/दुई विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १९३ रन बनाएको थियो। लखनउका लागि ओपनर कायल मेयर्सले ३८ बलमा २ चौका र ७ छक्काको मद्दतमा सर्वाधिक ७३ रन बनाए।

निकोलस पुरनले २१ बलमा २ चौका र ३ छक्काको सहयोगमा ३६ रन जोडे। आयुष बदोनीले ७ बलमा १८ रन बनाए। दिल्लीका लागि खलिल अहमद र चेतन साकरियाले दुई/दुई तथा अक्षर पटेल र कुलदिप यादवले समान एक/एक विकेट लिए।

प्रकाशित मिति: : 2023-04-02 06:47:00

प्रतिकृया दिनुहोस्