वन मासिनबाट जाेगाउन तीन सय घरधुरीलाई २८ लाखकाे ग्यास वितरण

डाेल्पा जिल्लाकाे ठूलीभेरी नगरपालिकाका तीन सय घरधुरीलाई ग्यास चुलाे वितरण गरिएको छ।

बुधबार वडा नं. ५ का अध्यक्ष भीमबहादुर राेकायकाे अध्यक्षता तथा नगर प्रमुख सुवर्ण बुढाकाे प्रमुख आतिथ्यतात्यमा आयाेजित एक घर एक ग्यास चुलाे वितरण कार्यक्रममा तीन सय घरधुरीलाई एक थान सिलिन्डर र चुलाे वितरण गरिएको हाे।

वडाकाे २१ लाख र नगरकाे ७ लाख गरेर २८ लाख बजेटमा सिलिन्डर र चुलाे बाँडिएको वडाध्यक्ष भीमबहादुर राेकाएले जानकारी दिए। ग्यास सिलिन्डर र चुलाे वितरण गर्नुकाे मुख्य उद्देश्य दाउराका लागि बर्षेनि मासिँदै गएको वन जंगल जाेगाउनु रहेको उनकाे भनाइ छ।

वर्षाैदेखि दाउराकाे खुला चुलाेबाट निस्केको धुवाँले ग्रामीण महिलाको स्वास्थ्यमा गम्भीर असर परेकाले पनि यसलाई न्यूनिकरण गर्न पनि ग्यास वितरण गरिएको उनकाे भनाइ छ।

यससँगै माझफाल स्वास्य चाैकी, प्रहरी चाैकी, विद्या मन्दिर माध्यामिक विद्यालय, सहिद शुक्रराज आधारभूत विद्यालय लाहारा, महादेव आधारभूत विद्यालयलाई पनि चुलाे र सिलिन्डर बाँडिएको वडाका कर्मचारी रेखामान बुढाले जानकारी दिए।

एक घर एक ग्यास चुलाे तथा सिलिन्डर वितरण कार्यक्रममा ७, ८ र ९ नम्बर वडाका अध्यक्षहरुसमेत सहभागी भएका थिए।

प्रकाशित मिति: : 2023-04-05 20:55:00

प्रतिकृया दिनुहोस्