ए डिभिजन लिग: आज दुई खेल हुँदै

'सहिद स्मारक ए डिभिजन लिग' अन्तर्गत आठौँ चरणको पहिलो खेलमा आज दुई खेल हुँदैछन्।

मगंलबार एक खेल 'एन्फा' कम्लेप्क्सम र अर्का खेल च्यासल फुटबल मैदानमा हुनेछ। दुबै खेल दिउँसो २ बजेबाट सुरु हुन्छ। 'एन्फा' कम्लेप्क्समा जावालखेल युथ क्लब र त्रिभुवन आर्मी क्लब  भिडदैँछन्, भने, च्यासल फुटबल मैदानमा मछिन्द्र फुटबल क्लब र खुमलाटार युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ। 

सातौँ चरणसम्मको खेलमा जावालखेल युथ क्लब १४ औँ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ। त्रिभुवन आर्मी क्लब भने, ९ अकं जोडी खेल तालिकाको ७ औँ स्थानमा रहेको छ। 

त्यस्तै, मछिन्द्र फुटबल क्लब ९ अंक जोडी आठौँ स्थानमा छ भने, खुमलाटार युथ क्लब ७ अंक जोडेर खेल तालिकाको १० औँ स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2023-04-11 07:34:00

प्रतिकृया दिनुहोस्