ए डिभिजन लिग: मनाङलाई हराउँदै जावलाखेल शीर्ष स्थानमा उक्लियो

मनाङ मर्स्याङदी क्लबलाई पराजित गर्दै जावालखेल युथ क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ।

शनिबार च्यासल फुटबल मैदान भएको खेलमा जावालखेलले मनाङलाई ३:० ले पराजित गरेर शीर्ष स्थानमा उक्लिएको हो। जावालखेलको जितका लागि  एनकोटो मासोबीले दुई गोल गरे भने, फोडे फोफानाले एक गोल गरेर सफलता दिलाए।

यो जितसँगै जावालखेल युथ क्लब १७ अंक जोडी खेल तालिकाको शीर्ष स्थानमा छ भने, मनाङ १५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।

त्यस्तै, आज दशरथ रगंशालामा भएको खेलमा मछिन्द्र फुटबल क्लब र न्यू रोड टिम (एनआरटी) १:१ को बराबरीमा रोकिएको छ। मछिन्द्र फुटबल क्लबका लागि ओमालाजा नुरेन करिमले गोल गरेर मछिन्द्रलाई अग्रता दिलाएका थिए। त्यस्तै, एनआरटीका लागि स्टेफन जुनियरले गोल गरेर (एनआरटी)लाई १:१ गोलको बराबरीमा ल्याए।

खेल तालिकामा मछिन्द्र फुटबल क्लब १३ अंक जोडेर छैटौँ स्थानमा छ भने, एनआरटी ७ अंक जोडी तालिकाको ११ औँ स्थानमा छ।

प्रकाशित मिति: : 2023-04-15 17:34:00

प्रतिकृया दिनुहोस्