फुटबलको ९० मिनेट एउटा खेलाडीको लागि कति सकसपूर्ण हुन्छ ? हामीले देखेकै छौँ। त्यो ९० मिनेटको दौडधुप अवश्य पनि कठिन हुन्छ। त्यसैले एउटा खेलपछि खेलाडीलाई आरामको लागि कम्तीमा २ देखि ३ दिनको समय दिइन्छ। तर, विश्वमा एउटा त्यस्ता खेलाडी छन्, जसले एकैदिन दुई वटा खेल खेलेका छन्।
९० को दशकका चर्चित खेलाडी मार्क हइयुजेले एकदिनमै दुई वटा खेलेर इतिहास रचेका छन्।
सन १९८७ नोम्भेबर ११ मा मार्क हइयुजेले एकैदिन दुई खेल खेलेका थिए। आफ्नो राष्ट्रबाट खेलेका उनले म्यानच्सेष्ट युनाइटेडबाट बायर्न म्युनिखमा अनुबन्धित भएपछि एकैदिन दुई वटा खेल खेल्नु परेको हो।
सो दिन उनले आफ्नो राष्ट्र वेल्सका लागि चेकोस्लोभाकियाविरुद्ध युरो क्वालिफायरमा खेलेका थिए। उनले आफ्नो राष्ट्रका लागि पूरा ९० मिनेट खेलेपछि सोही दिन बार्यन म्युनिखको विकल्प खेलाडीको रुपमा उनले बोरुसिया मोन्चेनग्लाडबाखसँग दोस्रो राउण्ड कप रिप्लेमा पनि खेलेका थिए। उनले दुई खेल दुई भिन्न राष्ट्रमा खेलेका थिए।
वेल्स राष्ट्रिय टोलीका खेलाडी उनी फुटबल खेल्न छाडेपछि वेल्स टोलीका प्रशिक्षक बनेका थिए। सन १९६३ नोभेम्बर १ मा जन्मेका उनले आफ्नाे राष्ट्रका लागि ७२ खेलमा १६ गोल गर्नसमेत सफल भएका थिए।
त्यस्तै उनले विश्वको प्रख्यात क्लब म्यानच्सेष्टर युनाइटेड, फुटबल क्बल बार्सिलोना, बायर्न म्युनिख तथा इग्लिस क्लब चेल्सी, एभेन्र्टनजस्ता क्लबमा आबद्ध थिए। ९० को दशकको चर्चित खेलाडी उनले आफ्नो खेल जीवनको दौडानमा दुई प्रिमियर लिगको उपाधि, चार एफए कप, तीन लिग कप र दुई युइएफए कप विनर्स कपसहित धेरै प्रतियाेगिताहरु जितेका थिए। उनले एफए कप उपविजेता र लिग कप उपविजेता पदक पनि हात पारेका थिए।
त्यस्तै उनी पहिलो खेलाडी थिए, जसले पिएफए प्लेयर्स प्लेयर अफ द इयरको अवार्ड जितेका थिए। उनले सो अवार्ड सन १९८९ र १९९१ मा दुई पटक अवार्ड जित्न खेलाडी बन्ने। उनले म्यानच्सेष्टर युनाइटेडका लागि ४६७ खेलमा १६३ गोल गरेका थिए। हइयुजे सन २००२ मा खेल जीवनबाट सन्यास लिए।
उनी १९९९ मा वेल्स फुटबल टोलीको म्यनेजरमा नियुक्त भएका थिए। उनी आफ्नो पाँच वर्षको कार्यकालमा विश्वकप वा युरोपेली च्याम्पियनशीपको लागि वेल्सलाई पुर्याउन असफल भएपछि उनले म्यामनेजरबाट राजीनामा दिएका थिए।
वेल्सलाई मात्र नभई उनले सन २००८ मा म्यानचेस्टर सिटीको नेतृत्व सम्हाल्नुअघि रोभर्सलाई प्रिमियर लिगमा लगातार तीन पटक शीर्ष १० मा पुर्याएका थिए।