ए डिभिजन लिग: संकटासँग एपीएफ पराजित

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गतको खेलमा संकटा फुटबल क्लबले नेपाल एपीएफ क्लबलाई पराजित गरेको छ।

आइतबार च्यासल फुटबल मैदानमा भएको खेलमा संकटाले एपीएफलाई १:० पराजय गरेको हो। संकटाका लागि खेलको २९औँ मिनेटमा जुनियर ओन्गुइने एनकेन्गुएले गोल गरेका हुन्। उनले पेनाल्टी सुटआउट मार्फत गोल गरेका हुन्।

यो जितसँगै संकटा फुटबल क्लबले १५ अंक जोडेको छ।

प्रकाशित मिति: : 2023-04-16 17:44:00

प्रतिकृया दिनुहोस्