ए डिभिजन लिगमा आज तीन खेल हुँदै

काठमाडौँमा जारी सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज तीन खेलहरु हुँदैछन्।

शनिबार दुई खेल दशरथ रगंशाला तथा एक खेल च्यासल फुटबल मैदानमा हुनेछ। च्यासल फुटबल मैदानमा दिउँसो ३ बजे मछिन्द्र फुटबल क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ। ११ औँ चरणसम्म आइपुग्दा मछिन्द्र १३ अंक जोडी खेल तालिाको ९ औँ स्थानमा छ भने, फ्रेन्ड्स फुटबल क्लब ११ अंक जोडर १० औँ स्थानमा छ।

त्यस्तै, दिउँसो ३ बजे दशरथ रगंशालमा खुमलटार थुथ क्लब र मनाङ मर्स्याङदी क्लब भिडदैँछन। १०औँ चरणको खेल सकिँदा खुमलटार थुथ क्लब १० अंक जोडे खेल तालिकाको १२ औँ स्थानमा छ भने, मनाङ मर्स्याङदी क्लब १५ अंक जोडी छैँटौँ स्थानमा रहेको छ। यता, आज हुने तेस्रो खेल बेलुका ६ बजे दशरथ रगंशलमा जावालखेल युथ क्लब र चर्च ब्वाइज युनाइटेडबीच खेल हुनेछ।

११औँ चरणको खेलमा आइपुग्दा जावालखेल युथ क्लब २० अंक जोडेर खेल तालिकाको शीर्ष स्थानमा रहेको छ। चर्च ब्वाइज युनाइटेड भने, १८ अंक जोडी तालिको दोस्रो स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2023-04-22 10:44:00

प्रतिकृया दिनुहोस्