ए डिभिजन लिग: मछिन्द्र र खुमलटार विजयी

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत मछिन्द्र फुटबल क्लब र एफसी खुमलटार बिजयी भएका छन्।

शनिबार च्यासल फुटबल मैदानमा भएको खेलमा मछिन्द्र फुटबल क्लबले फ्रेन्ड्स क्लबलाई २:१ गोल अन्तरले हरायो। मछिन्द्रका लागि खेलको ४५ औं मिनेटमा चेन्चो ग्याल्सेनले गोल गरेर मछिन्द्रलाई अग्रता दिलाए। त्यस्तै, खेलको ६३ औं मिनेटमा देवेन्द्र तामाङले गोल गरेर  मछिन्द्रलाई सफलता दिलाए। त्यस्तै, फ्रेन्ड्स क्लबका लागि खेलको ७६ औं मिनेटमा अमिनुले गोल गरेका थिए।

यो जितसँगै मछिन्द्रले ११ खेलमा १६ अंक जोडेको छ भने फ्रेन्ड्स क्लबले ११ खेलमा ११ अंक जोडेको छ।

यता, दशरथ रगंशालामा भएको  एफसी खुमलटारले मनाङ मर्स्याङ्दी क्लबलाई २:१ ले पराजित गरेको छ। खुमलटारका लागि मेसुके ओलुमोउले दुई गोल गरे।  मनाङका लागि कोफी टिमोथी कुडोले एक गोल गरे। यो जितसँगै खुमलटारले ११ खेलमा १३ अंक जोडेको छ भने, मनाङले ११ खेलमा १५ अंक जोडेको छ।

प्रकाशित मिति: : 2023-04-22 17:44:00

प्रतिकृया दिनुहोस्