एसियन क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कप अन्तर्गत सिंगापुरविरुद्वको खेलमा युएईले ४ सय रन कटाएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा युएईले ४४.५ ओभरमा ४ सय रन कटाएको हो।
युएईको लागि उच्च स्कोर बनाउन ओपनर मोहमद् वासिमले १६ छक्का र ९ चौकाको सहारमा १ सय ६० रन बनाए।
त्यस्तै भृत्य अर्विन्दले १३ चौका र १ छक्काको सहारामा १ सय ४३ रन बनाएर खेलिरहेका छन्।
युएईले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ।