क्यानडामा विमानस्थलबाटै दुई अर्ब रुपैयाँ बराबरको सुन चोरी

बिबिसी

काठमाडौं

क्यानडाको ओन्टेरियो प्रान्तका खानीबाट निकालिएको सुन पठाउन प्राय: प्रयोग हुने टोरन्टो पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको एउटा ठलो परिमाणको सुन चोरीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

अधिकारीहरूले दुई करोड क्यानेडियन डलर अर्थात् एक अर्ब ९४ करोड नेपाली रुपैयाँभन्दा बढीको सुन र बहुमूल्य वस्तुहरू गत सोमवार (१७ एप्रिल) चोरी भएको बताएका छन्।

सामान बोकेको हवाई कन्टेनर उक्त दिन साँझ विमानस्थलमा आइपुगेपछि कार्गोहरू राखिने स्थलमा लगिएको थियो।

उक्त गोदामबाटै सुन तथा बहुमूल्य वस्तुहरू चोरिएको हुनसक्ने प्रहरीको अनुमान छ।

प्रकाशित मिति: : 2023-04-23 18:57:00

प्रतिकृया दिनुहोस्