ए डिभिजन लिगको फाइनल २७ जेठमा 

काठमाडौँमा जारी सहिद स्मारक ए डिभिजन लिग आगामी जेठ २७ गते सम्मपन्न गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। 

बिहिबार खेल तालिका सार्वजानिक गर्दै एन्फाले खेलको समापन जेठ २७ गते गर्ने बताएको हो।

एन्फाले १४औँ चरणदेखि २६औँ चरणको खेल तालिका सार्वजानिक गरेको छ। आजबाट ए डिभिजन लिगमा १३औँ चरणको खेलहरु आयोना भएको छ। 

१२औँ चरणको खेल सकिँदा जावालखेल युथ क्लब  २३ अंकका साथ शीर्ष स्थानमाफ छ भने, थ्री स्टार क्लब २२ अंक सहित दोस्रो स्थानमा छ, सातदोबाटो युथ क्लब २१ अंक जाेडर शीर्ष तेस्रो स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2023-04-27 17:19:00

प्रतिकृया दिनुहोस्