ए डिभिजन लिग: संकटा र जावालखेल बरारीमा रोकियो

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शीर्ष स्थानमा रहेको जावलाखेल युथ क्लब र संकटा क्लब बराबरीमा रोकिएको छ।

आईतबार एन्फा कम्प्लेक्समा भएको खेलमा जावलाखेल र संकटा १-१ को बराबरीमा रोकिएको हो। संकटाका लागि खेलको ३३ औं मिनेटमा गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए। त्यस्तै, खेलको ७३औं मिनेटमा निशान खड्काले गोल गरेर संकटालाई बराबरीमा ल्याए।

शनिबार वर्षाका कारण खेल स्थगित भएपछि आज ५१औँ मिनेटपछिको सुचारु गरेको हो। आज भएको बराबरीसँगै जावालखेल युथ क्लब २४ अंक जोडेर खेल तालिकाको शीर्ष स्थानमा छ भने, संकटा क्लब ६ अंक जोडेर ११ औं स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2023-04-30 15:20:00

प्रतिकृया दिनुहोस्