एमाले केन्द्रीय कमिटी बैठक : आज समूहगत छलफल हुने

नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक आज पनि बस्दै छ। आजको बैठकमा पनि बिहीबार पेस गरिएका प्रतिवेदनमाथि समूहगत छलफल हुने छ। 

बिहीबार पार्टी अध्यक्ष केपी शर्मा ओली, चार निकाय र नौ प्रदेश कमिटीले छुट्टाछुट्टै प्रतिवेदन पेस गरेका थिए। एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार बिहीबार पेस गरिएका राजनीतिक र मिसन ग्रासरुट अभियानको समीक्षा प्रतिवेदनमाथि समूहगत छलफल हुने छ। आठ समूहमा केन्द्रीय सदस्यले छुट्टछुट्टै मिसन ग्रासरुट अभियानको समीक्षा गर्ने छन्। सात प्रदेश र एक गैरभौगोलिक समूह बनाइको छ।

समूहगत छलफलबाट आउने निष्कर्षलाई आधार मानेर प्रदेश कमिटी अध्यक्षले आजै वार्षिक कार्ययोजना प्रस्तुत गर्ने बताइएको छ। ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा जारी बैठक यही वैशाख ३० गतेसम्म चल्ने छ।

प्रकाशित मिति: : 2023-05-12 09:21:00

प्रतिकृया दिनुहोस्