ए डिभिजन लिग: मछिन्द्र र फ्रेन्ड्स बराबरीमा रोकिए

सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत मछिन्द्र फुटबल क्लब र फ्रेन्ड्स क्लब बराबरीमा रोकिएको छ।

बिहिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्र र फ्रेन्ड्स २-२ को बराबरीमा रोकिएको हो। निकै रोमान्चक बनेको सो खेलको दुबै टोलीले दोस्रो हाफमा गोल गरेका हुन्। फ्रेन्ड्स क्लबका लागि खेलको ६८औँ मिनेटमा प्रकाश बुढाथोकीले गोल गर्दै अग्रता दिलाएका थिए।

त्यस्तै, खेलको ७१र्औँ मिनेटमा मछिन्द्रका आफिज ओलावालेले गोल गरेर खेललाई बराबरीमा ल्याए। खेलको ७८औं मिनेटमा राफिक अमिनुले गोल गर्दै फ्रेन्ड्सलाई २-१ को अग्रता दिलाए।

उता, मछिन्द्रका लागि ओलावालेले व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रलाई बराबरीमा ल्याए। यस बराबरीको खेलसँगै मछिन्द्रले १९ खेलमा ३१ अंक जोडेको छ भने, फ्रेन्ड्सले १९ खेलमा २१ अंक जोडेको छ।

प्रकाशित मिति: : 2023-05-18 16:57:00

प्रतिकृया दिनुहोस्