ए डिभिजन लिग: मनाङ र एपीएफ बराबरीमा रोकिए

सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत मनाङ मर्स्याङ्दी क्लब र एपीएफ क्लब बराबरीमा रोकिएको छ।

आईतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको सो खेलमा मनाङ र एपीएफ २:२ को बराबरीमा रोकिएको हो। खेलको १३औँ मिनेटमा कोफी कुडोले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए। यता, खेलको २०औँ मिनेटमा एपीएफका लागि नविन लामाले गोल गरेर खेललाई बराबरीमा ल्याए।

त्यस्तै, खेलको २६औँ मिनेटमा मनाङका लागि सुमित श्रेष्ठले गोल गरेर खेललाई २ १ मा ल्याए। उता, खेलको ६४ औं मिनेटमा अर्मान्ड बिडोमले गोल गर्दै एपीएफलाई बराबरीमा ल्याए।

प्रकाशित मिति: : 2023-05-21 17:09:00

प्रतिकृया दिनुहोस्