ए डिभिजन लिग: मछिन्द्रसँग एनआरटी पराजित

काठमाडौँमा जारी सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत मछिन्द्र फुटबल क्लबले न्युरोड टिम (एनआरटी)लाई पराजय गरेको छ। 

आइतबार च्यासल फुटबल मैदानमा भएको खेलमा एनआरटी मछिन्द्रसँग २:० ले पराजय भएको हो। खेलको ३१औँ मिनेटमा आफिज ओलावाले गोल गरेर मछिन्द्रलाई अग्रता दिलाएका थिए।

यता, खेलको इन्जुरी समयमा सौरभ लिम्बूले गोल गर्दै मछिन्द्रलाई सफलता दिलाए। मछिन्द्रले यो जितसँगै २० खेलमा ३४ अंक जोडेको छ भने एनआरटीले २० खेलमा २३ अंक जोडेको छ।

प्रकाशित मिति: : 2023-05-21 17:34:00

प्रतिकृया दिनुहोस्