ए डिभिजन लिग: मनाङ र चर्च ब्वाइज बराबरीमा रोकिए

सहिद स्मारक 'ए' डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लब र चर्च ब्वाइज युनाईटेड क्लब बराबरीमा रोकिएको छ।

बिहिबार च्यासल फुटबल मैदानमा भएको खेलमा मनाङ र चर्च ब्वाइज १-१ को बराबरीमा रोकिएको हो। निकै प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न नसकेर खेल बराबरीमा रोकिएको हो।

यस बराबरीसँगै मनाङ मर्स्याङ्दी क्लब २१ खेलमा २५ अंक जोडेको छ भने चर्च ब्वाइज युनाईटेड शीर्ष स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2023-05-25 17:18:00

प्रतिकृया दिनुहोस्