दुई वर्षभित्र सबैको घरमा विद्युत पुर्याउने सरकारको घोषणा

सरकारले आगामी दुई वर्षभित्र सबैको घरमा विद्युत पुर्याउने घोषणा गरेको छ।

आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशसरण महतले यस्तो घोषणा गरेको हुन्।

महतले दुई वर्षभित्रमा सतप्रतिशत घरमा विद्युत पुर्याइने र त्यसका लागि लघु जलविद्युत उत्पादन गरिने बताए भने थप जलविद्युत आयोजनाहरुको निर्माणलाई तीब्रता दिने बताए।

विद्युतीय चुलो, सुधारिएको चुलो, विद्युतीय गाडीलाई प्रोत्साहित गरिने अर्थमन्त्री महतको भनाइ छ।

प्रकाशित मिति: : 2023-05-29 18:36:00

प्रतिकृया दिनुहोस्