हुलाक सेवा खारेज गरिने 

सरकारले हुलाक सेवा खारेज गर्ने भएको छ। आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशसरण महतले हुलाक सेवालाई पुर्नसंरचना गरी एक स्थानीय तह हुलाक अवधारणा कार्यान्वयन गरिने बताए।

उनका अनुसार धेरै भएका हुलाक सेवालाई खारेज गरी कार्यरत कर्मचारीलाई सुविधासहित अवकास दिइने भएको छ।

हुलाक बचत बैंक खातालाई भने 'क' वर्गको बैंक खातामा रुपान्तरण गरेर हुलाक बैंकलाई खारेज गरिने पनि अर्थमन्त्री महतले जानकारी दिए।

प्रकाशित मिति: : 2023-05-29 18:46:00

प्रतिकृया दिनुहोस्