धादिङमा भिरबाट लडेर आमा–छोराको मृत्यु 

धादिङमा भिरबाट  लडेर आमा–छोराको मृत्यु भएको छ। 

बेनीघाट रोराङ गाउँपालिका वडां –२ मा भिरबाट लडेर आमा–छोरोको मृत्यु भएको हो। मृत्यु हुनेमा १९ वर्षीया अप्सरा चेपाङ र उनका छोरा साजन चेपाङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। 

सोमबार दिउँसो घाँस काट्न जाँदा छोरा भिरबाट लडेपछि उद्धार गर्न जाँदा आमा पनि खसेर दुवैको मृत्यु भएको हो।

प्रकाशित मिति: : 2023-05-30 11:26:00

प्रतिकृया दिनुहोस्