महिला यू-२० टोलीको बिदाइ

एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरण खेल्न म्यानमार जाने नेपाली टोलीको बिदाइ भएको छ।

आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले  टोलीलाई बिदाइ गरेको हो। नेपालले म्यानमारमा एसियन कप छनोटको दोस्रो चरण खेल्नेछ। जसमा समूह ‘बी’ मा रहेको नेपालसंगै चीन, म्यानमार र चाइनिज ताइपेइ रहेका छन्।

आगामी जुन ६ मा नेपालले घरेलु टोली म्यानमारसँग खेल्दै छनोटको सुरुआत गर्नेछ भने जुन ८ मा चीन तथा  जुन १० मा चाइनिज ताइपेइसँग छनोट खेल खेल्ने छ।

यस्ता छन् नेपाली टोली: 

गोलकिपरः कविता विक, लिला जोशी, सावित्री किसान

डिफेन्डरः सबिना चौधरी, तुलसा बोहरा, सुनिता भुलन, सिम्रन राई, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी, सजनी थोकर, कुमारी तामाङ

मिडफिल्डरः सरस्वती हमाल, मनमाया दमाई, सुनकला राई, दीपा शाही, हिमा रावत, सुष्मा जिटी, अञ्जली माचामासी, सारा बज्राचार्य

फरवार्डः अमिषा कार्की, ममता पुन, गरिमा राई, सदिपा भोलन

प्रकाशित मिति: : 2023-06-04 13:04:00

प्रतिकृया दिनुहोस्